दुई जना युवती लागूऔषध सहित पक्राउ

धनगढी- लागूऔषध सहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारू र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन्।

उनीहरूको साथबाट एक ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट सादा पोसाकमा खटेको प्रहरी टोलीले उनीहरूलाई धनगढी गाउँबाट पक्राउ गरेको हो । दुवै जनालाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...