

कञ्चनपुर- कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।



जिल्लाको भीमदत्त नगरपालिका–९ का अरुण नायक पक्राउ परेका हुन् । नायकलाई अदालतले २०८० मंसिर १९ गते चोरी मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना तोकेको थियो ।


सोही दिनबाट फरार रहेका नायकलाई इलाका प्रहरी कार्यालय ब्रमदेवबाट खटिएको प्रहरी टोलिले शुक्रवार पक्राउ गरेको हो । उनलाई सजाय भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।