धनगढी नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा नवजीवन सहकारीको २ लाख १० हजार सहयोग

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

Dadeldhura hospital

बुधबार मात्र उपमहानगरपालिका भित्र छनोट भएका नमुना विद्यालयका बालबालिकाका लागि नवजीवन सहकारी संस्था लिमिटेडले पनि सहयोग गरेको हो । बालबालिकाको पोशाकका लागि नवजीवन सहकारीले नगर प्रमुख शैक्षिक सुधार कोषलाई २ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ ।

Navadurga sun
Godawari sandesh

४० जना बालबालिकाका लागि सो सहकारीले नगर प्रमुख गोपाल हमाललाई २ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । अहिले सम्म धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा ५७ लाख ३ हजार २५० रुपैयाँ जम्मा भइसकेको उपमहानगरपालकाले जनाएको छ ।

Loading...