सुदूरपश्चिमका १० प्रतिशत नागरिकको मात्रै हवाई सेवामा पहुँच

धनगढी- हवाई सेवामा सुदूरपश्चिम प्रदेशका नागरिकको पहुँच केबल १० प्रतिशत मात्र देखिएको छ । हवाई सेवाको ठुलो संभावना भएर पनि प्रदेश र स्थानीय तहबाट आफ्नो क्षेत्रको हवाई नीति नहुँदा हवाई सेवाको दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेश निकै पछाडी देखिन पुगेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।

पर्यटन विकासमा ठुलो योगदान पुगाउने गरी प्रदेश र स्थानीय तहसँग स्पष्ट नीति नहुदाँ हवाई सेवालाई विस्तार गर्न समस्या छ । हवाई सेवाको विकास र विस्तारमा प्रदेश र स्थानीय सरकारको कुनै खाका नै भेटिदैन् । आर्थिक वर्ष २०८०/०८१ को संघीय बजेटको बुँदा १९२ मा धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने उल्लेख छ ।

Navadurga sun

त्यसअघि २०७९/०८० को बजेटको १०१ र १०२ बुँदामा समेटिएको थियो, ‘धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ । आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न डडेल्धुरा र टीकापुर विमानस्थलको स्तरोन्नति गरिनेछ ।

२०७८/०७९ को बजेटमा पनि यस्तै आश्वासन थियो । टीकापुर र डडेल्धुरा विमानस्थलको स्तरोन्नतिका लागि बजेटको व्यवस्था गरिएको छ । तर कार्यान्वयनमा अहिलेसम्म केही पनि देखिएको छैन् । बैतडीको पाटन विमानस्थलमा नियमित उडान गर्ने भनेर धावनमार्ग र एप्रोन पिच नै गरिएको थियो । ५९० मिटरको धावनमार्ग र एप्रोन पिच गर्न तथा विमानस्थलको कार्यालय भवन निर्माणमा १६ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

कालोपत्र भएपछि प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । डोटीको दिपायल विमानस्थल २०७७ मा पिच भयो। तर नियमित उडान हुन सकेको छैन् ।

पौने सात करोडमा चार वर्ष लगाएर पक्की बनाइएको विमानस्थलमा केही समय समिट एयर र नेपाल वायु सेवा निगमले धनगढीबाट उडान गरे पनि अहिले विमानस्थल बन्द छ । दार्चुलामा उडान नहुँने कच्ची विमानस्थल छ । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर र अछामको कमलबजार उडान नहुने कञ्ची विमानस्थल हुन् । कमलबजार विमानस्थल २०५८ मा माओवादीले आक्रमण गरेपछि परीक्षण उडानसमेत गर्न नपाउँदै बन्द भएको थियो ।

कैलालीको धनगढी, बाजुरा, अछामको साँफेबगर विमानस्थलमा भने उडान भइरहेको छ । तर, सञ्चालनको सूचीमा रहे पनि दुर्गम क्षेत्रका विमानस्थलमा जहाज र यात्रुको अभावमा सातामा एक वा दुईवटा मात्रै उडान हुने गरेको पाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...