काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–० गोलले हराउँदै ब्र्राजिलले जित निकालेको हो ।



बाजिलका लागि रोड्रिगो सिल्भाले गोल गरेका थिए । उनले खेलको ३०औँ मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बनेको थियो ।


यो जितसँगै ब्राजिल सात खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । १० टोली सहभागी छनोटमा अर्जेन्टिना ९१८०, उरुग्वे ९१०० र कोलम्बिया ९१३० क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।





