एनपीएलमा आज दुई खेल हुँदै, कर्णालीसँग सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज शुक्रबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। तीन खेल खेलेको कर्णालीले दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थान ओगटेको छ। पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले त्यसपछि विराटनगर र जनकपुरलाई हराएको थियो।

Navadurga sun

यता, सुदूरपश्चिम रोयल्स चार खेलबाट दुई जित र दुई हारसहित अंक तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा चितवनलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो। तेस्रो खेलमा पोखरालाई हराएको उसले चौथो खेलमा भने लुम्बिनीसँग हार बेहोरेको थियो।

आजको खेल जित्दै दुवै टोली अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा रहनेछन्।

यसैगरी, आजै दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलेको चितवनले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द भएको थियो। यससँगै चितवन अंक तालिकाको सातौँ स्थानमा रहेको छ। पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा भने चितवनले विराटनगरलाई पराजित गर्दै पहिलो जित निकालेको थियो।

यता, पोखरा एभेन्जर्स भने लगातार तीन खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेको छ। पहिलो खेलमा लुम्बिनी, दोस्रो खेलमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले समर्थकहरूका लागि प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...