कैलालीमा साढे चार किलो चरेस सहित एक जना पक्राउ

अत्तरिया- कैलालीमा साढे चार किलो चरेस सहित एक जना पक्राउ परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका- ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्यु गाउँपालिका-७ का ४२ वर्षीय जनक धामी पक्राउ परेका हुन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ, उनले भने । बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको डीएसपी बोहराले बताए ।

Loading...