गोदावरीमा मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजना विस्तारबारे छलफल

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजनालाई अगाडि बढाउन स्थानीय निकाय सँग छलफल गरी काम अगाडि बढाउने तयारी गरेको छ ।

गोदावरी नगरपालिका क्षेत्र भित्र संचालित परियोजनामा मुक्त कमैया महिला विकास मञ्चद्वारा परियोजनाहरूको अनुगमन तथा मूल्यांकन गर्नको लागि परियोजना सल्लाहकार समिति समेत गठन गरेको छ।

Navadurga sun

सल्लाहकार समितिमा गोदावरी नगरपालिकाका नगर प्रमुख संयोजक रहने गरी समिति गठन भएको छ । गोदावरी नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति संयोजक, सामाजिक विकास शाखा, रोजगार विकास शाखा, महिला विकास शाखा प्रतिनिधिहरू सदस्य रहेका छन भने सदस्य सचिवमा आर्थिक विकास शाखा प्रतिनिधिलाई छनौट गरी सल्लाहकार समिति गठन गरेको छ ।

मुक्त कमैया महिला विकास मञ्चद्वारा कैलालीका विभिन्न पालिका भित्र शिक्षा, जनचेतना , पुनर्स्थापना, कृषि, उघमशिलता, व्यावसायिकरण लगायतका क्रियाकलाप गर्दै आएको जानकारी मञ्चका प्रतिनिधिले बताएका छन ।

गोदावरी नगरपालिका भित्र काम गर्दै गरेको र नयाँ सी सिक्न चाहना भएकाहरूका लागि जीवनोपयोगी सँगै स्वरोजगार सृजना हुने गरी काम थालनी गर्न गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन। उनले भनेका छन चरणबद्ध ढंगले सबैलाई समानता हुने गरी आवश्यकता छनौट गरी काम अगाडि बढाउन समेत सुझाव दिएका छन ।

मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो चरणमा महिला तथा बेरोजगार मानिसलाई सीप दिलाउनका लागि बगुर पालन, बेमौसमी तरकारी खेती, मोटरसाइकल साइकल मर्मत तालिम लगायतका सीप सिकाउन काम अगाडि बढाउने बताएका छन ।

अहिले मुक्त कमैया महिला विकास मञ्च धनगढी उमहानगरपालिका केही वडा र गोदावरी नगरपालिकामा मुक्त कमैया ३ , ८ र १० मा संचालनमा आएको मञ्च प्रतिनिधिले बताएका छन । गोदावरी नगरपालिका भित्र ५०% बढी महिला सहित ६० जनालाई उद्यमी बनाउन काम अगाडि बढाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...