धनगढीमा सम्पन्न विद्यालयस्तरीय डेउडा प्रतियोगितामा ऐश्वर्य पहिलो

अत्तरिया- सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता-२०८१ मा धनगढी ऐश्वर्य विद्या निकेतन पहिलो भएको छ ।

त्यस्तै एसपीए कलेजले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र डेउडा प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेजबाट सहभागी विद्यार्थीहरू दोस्रो स्थान हासिल गर्न सफल भएका हुन ।

Navadurga sun

सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, भेसभुसा रहन सहनको प्रचार प्रसार एवं युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै लोक संरकृति पुस्तान्तरण गर्ने उद्देश्यका साथ गौरा पर्व २०८१ को अवसर पारि उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।

सोमबार देखि सुरु भएको प्रतियोगिता सुरु भएको थियो । ९ औँ सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता-२०८१ मा धनगढीका सहभागी ११ विद्यालयहरू शैलेश्वरी इ. बोर्डिङ स्कुल तेस्रो र थ्री स्टार बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

बुधवार सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामी प्रमुख अतिथि रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...