एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?

काठमाडौं । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको मत परिणाम आएको छ। सहमति हुन बाँकी पदमा मंगलबार निर्वाचन भएको हो।

एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई ‘१० औं महाधिवेशन’को नाम दिएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा पुनस् दोहोर्‍याएर घोषणा भएको थियो। उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि लामोसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन।

Navadurga sun
Godawari sandesh

महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र सचिवमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी पराजित भएका छन्। केन्द्रीय सदस्य चयन गरेपछि सहमतिबाट पदाधिकारी चयन गर्ने भनिए पनि पार्टी अध्यक्ष माधवकुमार नेपाल असफल बनेका थिए। उम्मेदवार मनोनयन गरेपनि मंगलबार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका थिए।

Dadeldhura hospital

निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । राईले १८९ मत ल्याउँदा प्रतिद्वन्द्वि रामकुमारी झाँक्रीले ११२ मत ल्याएर पराजित भएकी हुन्।

यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उपाध्यक्षमा तुलाधरले सबैभन्दा धेरै १८९ मत पाएका थिए। महिला र मधेशी समुदायको उपाध्यक्षमा २र२ जना र ४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको थियो।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो। उपमहासचिवमा चौधरीले प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै १५८ मत प्राप्त गरेका छन्।

सचिवमा गणेशबहादुर विश्वकर्मा (दलित), बलदेव चौधरी (आदिबासी जनजाति), श्रीनाथ बराल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल र चन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

दलित सचिवमा र आदिबासी जनजाति सचिवमा ३ र३ जना र खुल्ला सचिवमा २६ जनाको उम्मेदवारी परेको थियो। खुल्ला सचिवमा सबैभन्दा धेरै कुँवरले १५३ मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी सचिव पदमा पराजित भएका छन्। उनले ५३ मत मात्रै पाएका छन्।

Loading...