कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट लाखौं मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, भजनी नगरपालिका–३ बर्दवाफाँटा, भजनी–६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ ।

त्यस्तै टीकापुर नगरपालिका–१, सोही नगरपालिकाको ८ नम्बर  वडा पायलगाउ, जोशीपुर गाउँपालिका–३ लक्कड, र जानकी गाउँपालिका–४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १५ हजार ६० मुल्य बराबरको सामान बरामद गरेको छ ।

बरामद गरेको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...