नेपाली काँग्रेस सुदूरपश्चिमद्वारा भाद्र २८ र २९ मा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने

अत्तरिया- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले यहि भाद्र २८ र २९ गते दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

udhok dadeldhura

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको सम्पन्न पदाधिकारी बैठकले दुई दिने प्रशिक्षण कार्यक्रम संगै आगामी प्रदेश सम्मेलनका लागि तयारी थाल्ने पनि जनाएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३२ वटा प्रदेशसभा सभापतिहरुको प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

सो प्रशिक्षणका कार्यक्रमका लागि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह `मनु´ लाई संयोजन गर्ने जिम्मेवारी प्रदान गरेको पार्टी प्रबक्ता सुरत बहादुर रावत `डोटेली कान्छा´ ले बताउनु भयो ।

Loading...