जिल्ला अदालत कैलाली द्वारा एक वर्षमा २ हजार ९११ मुद्दा फछर्यौट

अत्तरिया- कैलाली जिल्ला अदालतले एक वर्षमा २ हजार ९ सय ११ मुद्दा फछर्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त संख्याका मुद्दा फछर्यौट गरेको हो ।

शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै गत आवमा ४ हजार १ सय २९ मुद्दा रहेको अदालतले जनाएको छ । अघिल्लो आव २०७९/०८० मा १ हजार ६ सय १२ मुद्दा जिम्मेवारी सरिआएका र २ हजार ५ सय ८२ नयाँ मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी कमल घलेले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अनुमानित वार्षिक लागत ३ हजार ९ सय २२ रहेकोमा यथार्थ नयाँ मुद्दा दर्तामा बढी भएका कारण मुद्दा बढी भएको उनले बताए । गत आवमा यथार्थ मुद्दा फर्छ्यौट लक्ष्य २ हजार ६ सय ६१ रहेकोमा यथार्थ मुद्दा फर्छ्यौट १ सय ९ प्रतिशत भएको अदालतले जनाएको छ ।

गत आवबाट चालु आव २०८१/०८२ मा १ हजार २ सय ८३ मुद्दा सरिआएको अदालतले जनाएको छ । पछिल्लो समय बैंकिङ कसुरका, सम्बन्ध विच्छेदका, जबरजस्ती करणी, लागूऔषधका मुद्दा बढी आउने गरेको अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले बताए ।

उनले गरिबी, अशिक्षा, बेरोजगारी लगायत कारणले समाजमा आपराधिक घटना बढ्दै गएको बताए । मान्छेका इच्छा चाहना धेरै हुने, अर्काको देखासिकी गर्ने, ती आवश्यकता परिपूर्ति नभए सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको उनले बताए । ‘समाज अर्कोको देखासिकीमा छन् । अरुको जस्तै नहुँदा परिवारमा खटपट सुरु हुन्छ’, उनले भने । ‘अनि अदालत सम्म केस आउने गरेका छन् ।’

त्यस्तै, सामाजिक सञ्जालको गलत प्रयोगले यस्ता सम्बन्ध विच्छेदको अवस्थासम्म आइपुग्ने गरेको उनले सुनाए। अदालतले आर्थिक अवस्था कमजोर भएकाहरूको कानूनी सहायताका लागि वैतनिक कानुन व्यवसायीको व्यवस्था गरेको समेत उनले बताए । वैदेशिक रोजगार पनि सम्बन्ध विच्छेदको कारण बन्दै गएको न्यायाधिस लामिछानेले बताए ।

Loading...