धनगढीका निजी विद्यालयहरुमा पढ्ने २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन पालिकाको सिफारिस

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन निजी विद्यालयहरूलाई सिफारिस गरेको छ । उपमहानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा ११ मा २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन सिफारिस गरेको छ ।

उपमहानगरपालिकाले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र होटेल म्यानेजमन्ट विषय अध्ययन गर्ने २७७ विद्यार्थीबाट रजिस्ट्रेसन शुल्क र वार्षिक परीक्षा शुल्कबाहेक अन्य कुनै पनि शुल्क नलिन निजी विद्यालयहरूलाई भनेको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

विज्ञानमा १६०, व्यवस्थापनमा २०६, मानविकीमा ११, कानुनमा २१, शिक्षामा ११ र होटेल म्यानेजमन्टमा २६ विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै उपमहानगरले सूचना जारी गरेको छ ।

निजी विद्यालयहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार उपमहानगरपालिकाले छात्रवृत्तिका लागि सूचना जारी गरेको हो । विज्ञानमा १६० मा ३७१ जना बाहेक अन्य विषय अध्ययनका लागि माग गरे अनुसारको सङ्ख्यामा समेत विद्यार्थीको निवेदन परेको थिएन ।

व्यवस्थापनमा ९९, मानविकीमा शून्य, कानुनमा सात, शिक्षामा पाँच र होटेल म्यानेजमन्टका लागि १२ जना विद्यार्थीको निवेदन परेको थियो । ती मध्ये विज्ञानमा १६०, व्यवस्थापनमा ९४, मानविकीमा शून्य, कानुनमा सात, शिक्षामा पाँच र होटेल म्यानेजमन्टमा ११ जना विद्यार्थी छात्रवृत्तिका लागि छनौटमा परेका छन् । उपमहानगरपालिकाले निजी विद्यालयहरूलाई कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशतलाई छात्रवृत्तिमा अध्यापन गराउन निर्देशन दिएको छ ।

Loading...