
धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।


जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गको सडक छेउमा घोडाघोडी–५ बनखेत का ७१ वर्षीय लाल बहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन । घटनाका बारेमा इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान भईरहेको जनाएको छ।
