


बैतडी- बैतडीबाट लागूऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । बुधबार भारतीय बजार झुलाघाटबाट नेपाल तर्फ फर्किरहेका सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया राम सिंह ऐरी चरेश सहित पक्राउ परेका हुन ।


उनको साथबाट ३ ग्राम १४० मिलिग्राम चरेश सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । महाकाली भन्सार कार्यालय झुलाघाट नजिकै चेकजाँचको क्रममा ऐरीको साथमा चरेश बरामद गरिएको प्रहरीको भनाइ छ।

