कैलालीको गोदावरी १० मा खानेपानी आयोजनाको शिलान्यास

५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैयाँ बजेटमा निर्माण हुँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको हो ।

शिलान्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले  गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन  गइरहेको खानेपानी ट्याङ्की सुदूरपश्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए । उनले वडा नं १० बासीहरूको घर-घरमा धारा पुर्‍याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका  साथ नगरपालिका यस कार्यलाई अघि बढाएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिका इन्जिनियर तथा खानेपानी आयोजना प्रमुख पूर्ण कुँवरका अनुसार यस क्षेत्रका करिब १ हजार १ सय २९ घरधुरीलाई प्रत्यक्ष रूपमा शुद्ध खानेपानीबाट लाभान्वित गर्ने  उद्देश्यले उक्त खानेपानी निर्माण कार्य सुरु गरिएको बताए ।

Dadeldhura hospital

त्यस्तै वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले  १० नं वडामा  शिलान्यास गरिएको ऐतिहासिक खानेपानी ट्याङ्की  यस क्षेत्रको सबै भन्दा ठूलो योजना रहेको र यस योजनालाई पहल गर्नुहुने नगर प्रमुख लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दै सोचेको भन्दा राम्रो कार्यको शुभारम्भ भएको साथै समग्र १० नं वडा वासीहरुलाई एकदमै हर्षितको विषय रहेको बताए ।

उनले वडावासीहरुले भोग्दै आइरहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै यसलाई प्राथमिकता दिएर हरेक घर-घरमा शुद्ध खानेपानीको पहुँच गर्ने उद्देश्यका साथ  करिब २ लाख २५ हजार लिटर बराबरको क्षमता हुने खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु भएको बताए । 

नगरपालिकाले वृहत खानेपानी आयोजना अन्तर्गत १० नं वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैयाँ बजेटबाट उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी सँग सम्झौता गरिएको छ । यस क्षेत्रका करिब १ हजार १ सय २९ घर धुरी लाभान्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने भएको हो ।

शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी  रोकाया, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट लगायत स्थानीयहरुको सहभागी रहेको थियो ।

Loading...