गरिब जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिने तयारी : ऊर्जा मन्त्री

Dadeldhura hospital

काठमाडौँ, २१ साउन– ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबिको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिने तयारी निष्कर्षमा पुग्न लागेको बताइएकाे छ । मन्त्रालयमा बिहीबार (आज) पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनताहरूलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर तयारी गरिरहेको बताएका छन् ।

उनले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनको निम्ति पनि आफू क्रियाशील रहेको बताउँदै सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको बताए । उर्जामन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत उत्पादन गर्नका लागि अध्ययन गरिरहेको समेत बताएका छन् ।

Loading...