

धनगढी- कैलालीको धनगढीमा अवैध काठसहित तीन वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । आज (आइतबार) विहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले अवैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।



धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





