एकताको प्रमुख बाधक अध्यक्ष केपी ओली भएकाले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने : माधवकुमार नेपाल

काठमाण्डौ, २१ साउन- नेकपा एमालेका माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर गरेको छ । नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले सो ठहर गर्दै आफ्नो तर्फबाट एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निणर्य गरेको छ ।

बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा छलफल हुने समेत बताएका छन् । उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निणर्य लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ ।

Navadurga sun

‘हामी पार्टी एकताका लागि गम्भीर र संवेदनशील छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ’, उनले भने, ‘केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’ उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता गर्न सकिने स्पष्ट गर्दै दुबै पक्षमा त्यसमा केही विमति भए छलफलबाट समाधान निकाल्न सकिने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...