धनगढीको बाघ आतङ्क

धनगढी, २१ साउन- धनगढी उपमहानगरपालिकाको एक वडामा बाघले आतङ्क मच्चाउँदै आइरहेको स्थानीयहरूले बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडांडीमा रहेको डिलाशैनी सामुदायिक वनको छेउछाउका टोलमा बाघले आतङ्क मच्चाउँदै आएको जनाएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

बाघले रातीको समयमा किसानले पालेका जनावरहरू समेत खाइदिने गरेको छ । विगतका वर्षहरूमा नील गाई ,बँदेलले सताउने भए पनि अहिले बाघले सताउन थाले पछि स्थानीय थप त्रसित बनेका छन् ।वनको छेउछाउमा बस्ती भएकाले अधिकांश महिलाहरू कृषि र पशुपालन गर्ने गरेका छन् ।

Navadurga sun

आर्थिक स्थिती कमजोर भएकाले पनि बाख्रा पालेर घर खर्च जुटाउने उनीहरू बाघले आफ्ना बस्तुभाउ खाइदिँदा चिन्तित बनेका हुन । जङ्गल क्षेउमा घर र त्यस माथि गाई वस्तुहरू पालेर गुजरा चलाउने स्थानीय बासिन्दाहरू कहिले स्यालले वस्तु भाउलाई मार्ने र कहिले बाघले नै वस्तुभाव खाएपछि निकै चिन्तित बनेका छन् । रातीको समयमा शौच गर्न आउनुपर्ने बाध्यता भएकाले बाहिर आउँदा कुन दिन बाघको सिकार भइने चिन्ता रहेको त्यस टोलकी नन्ता धानुकको बताइन् ।बाख्रा पालेर गुजारा गर्ने गरेको बताउँदै भएको रोजगारीको पाटो पनि बाघले खाइदिँदा अन्योलमा परेका उनको भनाई छ ।

सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुँदा बनबाट बाघ रातीको समयमा मानिसको घरमा आउने हुँदा बस्तुभाउ सङ्कटमा परेको अर्का स्थानीय कौशिला धानुकले बताइन् । नोक्सानी धेरै भईसक्दा पनि अहिले सम्म वन समितिले सम्बन्धित निकाय समक्ष पहल नगरेको उनले दुखेको पोखिन् । बाघ नियन्त्रण नहुँदा सम्म वनभित्र कसैले पनि प्रवेश नगर्न र रातीको समयमा बाहिर ननिस्कन आफ्नो आग्रह गरेको डिलाशैनी उपभोक्ता सामुदायिक वन समितिका अध्यक्ष दान बहादुर विष्टले बताए । सम्बन्धित निकायलाई खबर गर्दा पनि कसैले नहेरेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...