विपन्न परिवारलाई कांग्रेस गोदावरीको खाद्यान्न सहयोग

अत्तरिया- गोदावरी नगरपालिका–१ चैतन्यपुरमा रहेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोमबार नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले वडा नम्बर ३ चैतन्यपुरमा रहेका कलु सार्की, श्यालाल चौधरी र जानकी कामीको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

तिन ओटै परिवारलाई चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको कांग्रेस गोदावरी नगरकार्यसमितिका सभापति विर बहादुर चोखालले जानकारी दिए । उनले आर्थिक अवस्था नाजुक भएका उक्त तिन परिवारहरुको बारेमा कार्यसमितिले सोही वडाका वडासदस्य गम्भीर साउँद मार्फत जानकारी पाएको बताए । ४२ औ वि.पि. स्मृति दिवसको अवसर पारी कार्यसमितिले तिन ओटै परिवारलाई सहयोग गरिएको उनको भनाई छ ।

उनले आफुहरुले सहयोग गरेका व्यक्तिहरुको अवस्था हेर्दा एकदमै नाजुक रहेको र ति परिवारहरुलाई अन्य क्षेत्रबाट पनि सहयोग ल्याउन आफुहरुले पहल गर्ने बताए । उनले आगामी दिनमा ति परिवारहरुको घर बनाईदिने विषयमा पनि अग्रसरता देखाउने बताए ।

यसैबिच नगर कार्यसमितिका सभापति र सचिवले कलु सार्कीलाई नगद सहयोग पनि गरेका छन । उनिहरुले खाद्यान्न सहयोगकै अवस्थामा कलु सार्कीको बालबालिकाहरुलाई अध्यापनमा समस्या भैरहेको थाहा पाएपछि सानो नगद सहयोग गरेका हुन । कांग्रेसका नगरसभापति विर बहादुर चोखाल र सचिव योगेश भट्टले व्यक्तिगत तर्फबाट उनिहरुलाई सहयोग गरेका थिए ।

Loading...