

धनगढी- कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार बेपत्ता भएकी हुन् ।



बम मोहन्याल गाउँपालिका–५ माईतिघरबाट फर्कने क्रममा मोहन्याल गाउँपालिका–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाउँदा ठूलीगार्डमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ ।


इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको र हालसम्म लाश फेला नपरेको प्रहरीले जनाएको छ ।