माधव पक्षको बैठक भोलिका लागि सर्यो

काठमाडौं, २० साउन- नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्ने भएको छ। एमालेका वरिष्ठ नेता नेपालले आज (बुधबार) आह्वान गरेको बैठक स्थगित भएपछि बिहीबार बस्ने भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

नेपाल पक्षीय नेताहरु काठमाडौं बाहिरबाट आउनुपर्ने भएकाले बुधबार बस्नुपर्ने बैठक बिहीबारका लागि सारिएको बताइएको छ। आजको बैठक बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको थियो। पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बताइएको छ।

Navadurga sun

बैठकले पार्टी एकता कि विभाजन भन्ने विषयमा पनि निर्णय गर्नेछ। एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...