धनगढी- कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ राजिपुरबाट सोही ठाउँ बस्ने ३६ वर्षीय टेकबहादुर कडारा लागूऔषधसहित पक्राउ परेका हुन् ।
कडारालाई १८० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका कडारालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको लम्की प्रहरीले जनाएको छ ।