लेखा परीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौँ, १९ साउन–  निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

Ganyapdhura gau

आयोगको आज बसेको बैठकले यही साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।  आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको प्रवक्ता श्रेष्ठले बताए ।

Navadurga sun

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरू दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरू दलको पदाधिकारी बन्न नपाउने आयोगले जनाएको छ ।

Dadhaldhura pur

आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरूको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय व्ययको हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखा परीक्षण गराइ एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था रहेकाे छ ।

दल दर्ता खारेज भएका राजनीतिक दलहरूको विवरण :

ADD Khali jpg
ADD Khali jpg
Loading...