Division ban Pahalmanpur

अत्तरियामा नवजीवन सहकारीको नव निर्मित भवनको उद्‌घाटन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेड अत्तरिया शाखाको नव निर्मित भवन उद्‌घाटन गरिएको छ ।

Malpot office jogbudha

यस अघि भाडाँमा लिएर कार्यालय सञ्चालन गर्दै आएको सहकारीको सोमबार भवन उद्‌घाटन गरेको हो । संस्थाका पूर्व अध्यक्ष चक्र बहादुर सिंह र सल्लाहकार सदस्य डा. हेमराज पन्तले सोमबार संयुक्त रुपमा भवनको उद्‌घाटन गरेका हुन ।

अत्तरियाको महेन्द्रनगर रोडमा डेढ कठ्ठा जमिनमा अढाई तले सुविधा सम्पन्न भवन निर्माण भएको हो । भवनमा २ करोड ५३ लाख रुपैयाँ निर्माण गरिएको संस्थाका अध्यक्ष देव बहादुर बमले जानकारी दिए । अत्तरियामा पनि आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई सहज हुने उनले बताए ।

२०५१ सालमा ६४ जना शेयर सदस्यबाट धनगढीमा स्थापना भएको थियो । नवजीवनको अहिले बर्दियास्थित बाँसगढी, कैलालीकै टीकापुर, जोशीपुर, सुखड, अत्तरिया, र धनगढीबाट बैंकिङ कारोबार गरिरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...