

धनगढी- चेक अनादर मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन् ।



जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय दिपकप्रसाद अधिकारी पक्राउ परेका हुन् ।


अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरि जिल्ला अदालत कैलालीमा पेश गरेको बताएको छ।





