व्यवसायीहरूलाई करको दायरामा आउन नगर प्रमुख भट्टको अनुरोध

अत्तरिया- गोदावरी नगरपालिका भित्र रहेका व्यवसायीहरूलाई करको दायरामा आउन नगर प्रमुख विरेन्द्र भट्टले अनुरोध गरेका छन् ।

सबै व्यवसायीहरू करको दायरामा आउन नसकेको उनको भनाई रहेको छ । आइतबार नगरपालिकामा व्यवसायी सँग भएको छलफलमा यस्तो अनुरोध गरेका हुन् । ठूला करदातालाई करको दायरामा आउन भट्टको अनुरोध गरेका छन ।

‘तपाई हामीले नै कर तिरेन भनेन कसरी स्थानीय सरकार चल्छ ? ब्यावसायीहरुबाट करलाई घटाउने कुरो सबै पालिकाका प्रतिनिधिले भने अनुरूप हामी व्यापारीलाई साथमा लैजान खोजेका छौ ।’ मेयर भट्टले भने, ‘पालिकाको विकासका लागि हातेमालो गरेर अगाडि बढाउन खोजेका छौ ।’ अहिले सम्मको सबै कर तिर भन्दा नी अहिलेको आर्थिक संकटमा गाह्रो अवस्था आउन जान्छ त्यसले गर्दा सबैलाई सहज हुने गरी अगाडि बढ्न आवश्यक रहेको मेयरको भनाई छ ।

व्यवसायीहरू यस पटक पनि करको दायरा भित्र आउदैनन् भने पालिका भित्र रहेका व्यापारीका सँघ संगठनले जिम्मेवारी लिनुपर्ने उनले बताए । छलफलमा पालिकाको यस निर्णय प्रति व्यापारिक संगठन प्रतिनिधीहरुको मेयर भट्टको निर्णयलाई समर्थन गर्दै ताली बजाएर समर्थन समेत गरेका थिए ।

व्यवसायीहरूलाई करको दायरामा आउनका लागि आगामी दिनमा पत्र समेत काट्ने उनले जनाएका छन् । नगरपालिकाले सबै खाले करदातालाई करको दायरामा ल्याउन पहिलेको सरकारले पनि प्रयास नगरेको थिएन तर व्यावसायी सँगठन र पालिका प्रतिनिधिहरू सँग गहन छलफल र करमा छुट नदिँदा सम्म करको दायरामा आउन नसक्ने जनाउदै गरेका व्यवसायीहरूलाई विशेष छुट सहित दायरामा आउने व्यावसायी पनि सहमति भएका छन ।

पालिका र व्यावसायी बीच सहमतिका लागि २०७९ को निर्वाचन पश्चात नयाँ स्थानीय सरकारको समय देखि लागुहुने गरी करको दायरामा आउन पर्ने जनाएको छ ।

आइतबार अत्तरियामा गोदावरी नगरपालिकाका भित्र रहेका व्यावसायी संगठनका प्रतिनिधिहरू सँगको उपस्थितिमा छलफल भएको हो । छलफलमा बजारलाई कसरी व्यवस्थित पार्न सकिन्छ ? पालिकाले के गर्ने र ब्यावसायीले पालिका भित्र के के योगदान गर्ने ? लगायतका बिषयमा पनि छलफल भएको थियो ।

छलफलमा अत्तरिया उद्योग बाणिज्य सँघ, चेम्बर अफ कमर्स, होटेल व्यावसायी संघ, मोबाईल ब्यावसायी, पुस्तक व्यावसायी लगायत पालिकाका नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सबै वडा अध्यक्ष तथा प्रतिनिधिहरु, प्रशासन तथा लेखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Loading...