धनगढी- कैलालीमा ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिका–९ भगतपुरमा ११ वर्षी बालक आकाश परियार ट्रकको टक्करबाट घाइते भएका छन् ।
कोहलपुर बाँकेका ३२ वर्षीय लिल्लु रसाइलीले चलाएको ना ८ ख ४९९६ नम्बरको ट्रकको ठक्करबाट आकाश घाइते भएका हुन् । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।