नेपाल र दाहालबीच भेटवार्ता

काठमाडौं, १९ साउन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

आज बिहान दुई नेताबीच भेटवार्ता भएको दाहालको सचिवालयले पुष्टि गरेको छ। कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।

Navadurga sun

सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । तर नेपाल पक्षले भने गठबन्धन सरकारमा नजाने प्रष्ट पारिसकेको छ। नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...