सुदूरपश्चिम प्रदेश युवा परिषदले पायो पूर्णता

अत्तरिया, १९ साउन- सुदूरपश्चिम प्रदेश युवा परिषदमा १३ जना सदस्य नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश युवा परिषदले १३ जना सदस्य नियुक्त भएसँगै पूर्णता पाएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

नवनियुक्त १३ जना सदस्यहरुले मंगलबार नै सपथ ग्रहण गरेका छन् । युवा परिषद्का अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले नव नियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा सामजिक बिकास राज्यमन्त्री मना कुमारी साँउदको समेत सगभागिता रहेको थियो ।

Navadurga sun

सुदूरपश्चिम प्रदेश युवा परिषदमा नियुक्त हुनेहरुमा शेर बहादुर बिष्ट, छत्र रावल, टिकेश्वरी विक, दिनेश सिंह, वतासु चौधरी, कुमारी बिष्ना पन्त, मनोज चन्द, लक्ष्मी साउद गैराल, इश्वरीदत्त भट्ट, आशिक बिष्ट, झलक भण्डारी, रामप्यारी कु.रावल, लक्ष्मी दत्त जोशी रहेका छन् ।

त्यससँगै सुदूरपश्चिम प्रदेश युवा परिषदले पुणर्ता पाएको छ । यसअघि सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरेता पनि सदस्यहरुको पदपुर्ती हुन सकेको थिएन । रिक्त सदस्य पदपुर्ती गर्दा सबै क्षेत्रलाई समावेश गरिएको सामाजिक बिकास मन्त्री लाल बहादुर खडकाले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...