धनगढी- कैलालीको चुरेमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको चुरे गाउँपालिका–१ का १८ वर्षीय हुकुम धामी करेन्ट लागेर घाइते भएका हुन् ।
आइतवार साँझ करेन्ट लागेर घाइते भएका धामीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।