कञ्चनपुर- कञ्चनपुरमा वन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।
जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका लोकेन्द्र बहादुर रोकायालाई प्रहरीले सोमवार पक्राउ गरेको हो । रोकायालाई जिल्ला अदालतले २०७३ माघ १३ गते वन अतिक्रमणको मुद्दामा ५ महिना ५ दिन कैद र १० हजार रुपैँया जरिवाना तोकेको थियो ।