कञ्चनपुरमा पहिलोपटक देखियो लम्पी स्किन रोग

कञ्चनपुर, १९ साउन- पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ। शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो।

Ganyapdhura gau
Dadhaldhura pur

पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए।

Navadurga sun

“यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ। रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ ” उनको भनाइ थियो।

६ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ। स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन्। रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएकाे छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...