धनगढी- चेक अनादर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।



कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय गणेश चौधरी मंगलबार पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा एक हजार जरिवाना तोकेको थियो ।


सजाय तोकेकै दिनबाट फरार रहेका चौधरीलाई उनकै घरबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।