डडेल्धुरा- डडेल्धुरामा एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका–१ का ५५ वर्षीय भोज नाथ आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट भरुवा बन्दुक सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनी आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गर्दै आएका थिए । खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अवैध भरुवा बन्दुक फेला परेपछि नाथलाई नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।