सेती प्रादेशिक अस्पतालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि





अत्तरिया, १८ साउन- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त प्रयोगशालामा १८६ नमूनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


त्यस्तै १४८ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने ४ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन् ।



