कैलालीबाट ट्याक्टर काठ सहित एक जना पक्राउ

धनगढी- कैलालीबाट एक ट्याक्टर काठ सहित एक जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिका- ४ मा रहेको श्रीराम सामुदायिक वनबाट १ ट्याक्टर काठ सहित स्थानीय हर्क चौधरी पक्राउ परेका हुन ।

शनिबार राती उनलाई सामुदायिक वनबाट विना कागजात काठ ओसार गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

नियन्त्रणमा लिइएको काठ सहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको   छ ।

Loading...