गोदावरी ११ मा ६ महिने डिप्लोमा कम्प्युटर तालिम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा ६ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका बेरोजगार युवा तथा महिलाहरूका लागि आयोजना गरेको ६ महिने कम्प्युटर तालिम एक औपचारिक कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र बितरण गरी  कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेम सिंह बडैंलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ नम्बर वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, सँगै ११ का वडा सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडाका प्रतिनिधिले गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

तालिमको समापनमा गोदावरी नगरपालिका वडा नं ११ का १७ महिला र ११ पुरुषलाई गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले प्रमाण वितरण गरेर तालिमको समापन गरेका हुन ।

Dadeldhura hospital

कार्यक्रमका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले, “कम्प्युटर शिक्षा अहिलेको माग रहेकाले त्यसप्रति युवाहरूलाई आकर्षीत गर्न पालिकाले प्राथमिकतामा पारेको बताएका छन । आफूले सिकेको सीप सही ठाउँमा प्रयोग गर्नु र सीपको प्रयोग गरेर आफू र आफ्नो समाज समुदाय सिङ्गो राष्ट्रकै नाम उच्च राखी स्वावलम्बी बन्न सुझाव दिएका छन्” साथै आगामी दिनमा पनि थप तालिमको आवश्यकता परेको खण्डमा वडाको माग अनुसार यस ठाउँका युवापिढीका लागि काम अगाडि बढाउने बताएका छन ।

वडाध्यक्ष प्रेम सिंह बडैलाले रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवनोपयोगी बनाउन कम्प्युटरको तालिमको योजना राखेको बताए । वडा नं. १ ले यस अघि बेसिक केवलको कम्प्युटर तालिम लगायत अन्य तालिमको आयोजना गरेको थियो भने अहिले ती प्रशिक्षार्थीहरूलाई पुरस्कृति गर्ने डिप्लोमा लेबलको तालिमको आयोजना गरेको बताएका छन ।

त्यसैगरी कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपाल दत्त भट्टले भने,” अहिलेको समय भनेको कम्प्युटरको युग हो, कम्प्युटर नसिकेका मानिस धेरै कुरामा पछाडि परेका देखिन्छन, तपाईहरुले सिकेको सीपलाई आफ्नै गाउँठाउँमा केही कम्प्युटर सम्बन्धी काम गरेर स्वरोजगार बन्न समेत आग्रह गरेका छन ।

Loading...