सुन तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौं, १७ साउन– सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ । आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...