वेदकोट नगरपालिकाले २० गतेबाट जग्गानापी, वडा नं.१ बाट सुरु गर्ने

कञ्चनपुर, १६ साउन- कञ्चनपुरको वेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापी कार्य यही साउन २० गतेबाट सुरु गर्ने भएको छ । नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले उक्त निणर्य गरेको हो ।

Dadeldhura hospital

जग्गा नापी कार्य नगरपालिकाको वडा नम्बर १ बाट सुरु गरिने भएको छ । साउन २२ गतेदेखि ५ वटा वडामा जग्गा नापीका लागि ५ वटा नापी टोली पठाउने नगर प्रमुख अशोक चन्दले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी साउन मसान्तसम्म नगरपालिकाका १० वटै वडामा १० वटा नापी टोली पठाई आउँदो कार्तिक महिनासम्ममा जग्गा नापजाँच गरिसक्ने निणर्य भएको नगर प्रमुख चन्दले बताए ।

Loading...