थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौँ, १५ साउन- आज देशभर कोरोना भाइरसबाट थव ३ हजार ६ सय ११ जनामा संक्रमित पुष्टि भएको छ ।

Dadeldhura hospital

९ हजार ७ सय ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ६७ जना तथा ४ हजार ८ सय ७८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४४ जना गरी जम्मा ३ हजार ६ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

देशभरबाट गएको २४ घण्टामा १ हजार ८ सय १६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना संक्रमणबाट ६ लाख ५२ हजार २ सय ६१ जना निको भएको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ ।

Loading...