एसपीए कलेजले नेपालको हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने

अत्तरिया- कैलालीको धनगढी स्थित एसपीए कलेजले टी–२० विश्वकपमा नेपाली क्रिकेटरहरू को हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने भएको छ ।

Dadeldhura hospital

धनगढी उप–महानगरपालिकाको हरियाली धनगढी अभियानलाई साथ दिँदै ग्रिन क्लिन धनगढी बनाउने कार्यको प्रवर्द्धन स्वरूप कलेजले सो कार्य गर्न लागेको हो । सोमबार कलेजले मेयर गोपाल हमालको नेतृत्वमा धनगढी उप–महानगरपालिकामा थालिएको ‘हरियाली धनगढी’ अभियानलाई साथ दिन धनगढी उप–महानगरपालिका क्षेत्र भित्र टी–२० विश्वकप २०२४ मा नेपालले बनाएको प्रत्येक रनमा १० बिरुवा र विपक्षी टिम विरुद्ध लिएको प्रत्येक विकेटमा २० बिरुवा वृक्षारोपण गर्ने वाचा गरेको छ ।

Navadurga sun
Godawari sandesh

वातावरण संरक्षणका लागि सधैँ कटिबद्ध रहने एसपीए कलेजका प्रबन्ध निर्देशक एवं धनगढी क्षेत्रमा वातावरण संरक्षणको लागी उदाहरणीय कार्य गर्दै आएको ग्रिन क्लीन धनगढी क्लबको समेत नेतृत्व गर्दै आएका सुवास शाहीले सो कार्य गर्न आफू उत्साहित भएको बताए । ‘हाम्रो लक्ष्य हाम्रो क्रिकेट टोलीलाई समर्थन गर्नु मात्र होइन, हाम्रो स्थानीय वातावरणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हो । हामी आशा गर्छौँ यो अभियानले अरूलाई पनि हरियाली धनगढी बनाउने हाम्रो प्रयासमा सामेल हुन प्रेरित गर्नेछ’ शाहीले भने ।

साथै कलेजले रोहितकुमार पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्न मैदानमा उत्रिएको नेपाली क्रिकेट टोलीलाई सफलताको कामना सहित हार्दिक शुभकामना व्यक्त गरेको छ ।

Loading...