Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा दीप प्रज्वलन  

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा दीप प्रज्वलन गरिएको छ । शनिबार राजा वीरेन्द्रको सपरिवारको हत्या भएको कालो दिनको सम्झनामा साँझ ७ बजे अत्तरिया चोक स्थित राजा महेन्द्रको सालिक परिसरमा स्वर्गीय राज वीरेन्द्र र उहाँको परिवारप्रति भावपूर्ण श्रद्धा सुमन प्रकट गर्दै दीप प्रज्वलन गरिएको हो । 

Malpot office dadeldhura

कार्यक्रमको आयोजना राष्ट्रवादी युवा समूह गोदावरी कैलालीले गरेको कार्यक्रममा राप्रपाका युवा नेता विराज बिष्टको नेतृत्वमा भएको थियो । कार्यक्रममा राप्रपा मात्र नभएर सम्पूर्ण राष्ट्रवादीहरूको उपस्थिति रहेको थियो ।

राजा वीरेन्द्र र उनको सपरिवारको रहस्यमय हत्या भएको २३ वर्ष पुगेको छ । अहिले यो देशमा शान्तिकै खरेडी परिरहेको छ । वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको लागि प्रस्ताव गरेका थिए । आजको दिन नेपालीहरूले आफ्ना अभिभावक गुमाएको दिन तथा टुहुरो भएको दिन हो भनी आयोजकले जनाएको छ ।

जन प्रिय राजा श्री ५ वीरेन्द्र र उहाँको परिवारप्रतिको सम्झनामा यस्ता कार्यक्रमहरू गर्दै जाने आयोजकले जनाएको छ । श्री ५ वीरेन्द्र र उहाँका सम्पूर्ण परिवारको हत्या भएको आज जेठ १९ गते सम्झना स्वरूप मनाइन्छ । यति वर्ष बितिसक्दा पनि उहाँको हत्या बारे चित्त बुझ्दो जवाफहरू आउन सकेकाे छैन । यस्ता रहस्यमय घटनाहरूको छानबिन हुन किन सक्दैन प्रश्न हामी सबैको रहेको बताएका  थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...