कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला

धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको टीकापुर नगरपालिका–९ मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई हाल धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत पनि अवस्थामा फेला परेका छन् । बेहोस अवस्थामा फेला परेका घनश्यामको निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो ।

Loading...