Division ban Pahalmanpur

गोदावरी ४ ले गर्यो ८३ लाख ८३ हजार बजेट सार्वजनिक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर ४ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ८३ हजार ७ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वडाले मंगलबार वडा भेला मार्फत समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ८३ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

Malpot office dadeldhura

वडा भोलामा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । मेयर विरेन्द्र भट्टले आगामी आउने वर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडि बढेको बताए । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरू गुनासा र मागहरू लिने क्रममा रहेको बताए । जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ ।

गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालो बाट नै समस्या समाधान हुने मेयर भट्टले बताए । कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडा बासीको सहभागिता रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...