गणतन्त्र दिवसको अवसरमा अत्तरियामा दीप प्रज्वलन

अत्तरिया- गणतन्त्र दिवसको अवसरमा गोदावरी तरुणदलले अत्तरिया चोकमा दीप प्रज्वलन गरेको छ । मंगलबार साँझ १७ औँ गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको तरुण दलका केन्द्रिय सदस्य तेज खड्का जानकारी दिए ।

तरुण दल गोदावरीका अध्यक्ष रमेश भट्टराईको संयोजकत्वमा स्थानीय नेता कार्यकर्ताको सहभागितामा दीप प्रज्वलन गरिएको जनाएको छ ।

Loading...