कञ्चनपुरमा दुई पुरुष मृत अवस्थामा फेला

कञ्चनपुर- कञ्चनपुरमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौर घर भइ हाल भिमदत्त नगरपालिका –९ ब्रमदेब ससुराको घरमा बस्दै आएका अन्दाजी ४०  वर्षीय सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

त्यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका नाम, थर,  नखुलेका अन्दाजी ३० वर्षका कोमोदी भनि चिनिने भारतीय नागरिक बेहोस अवस्थामा फेला  परेका थिए ।

Navadurga sun

बेहोस अवस्थामा फेला  परेका कोमोदीलाइ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...