पत्रकार महासंघले निकालेको सदस्यता नामावलीमा सुदूरपश्चिमका पत्रकार रुष्ट

धनगढी- केन्द्रिय पत्रकार महासंघले निकालेको नयाँ सदस्यता नामावलीमा सुदूरपश्चिमका पत्रकार रुष्ट भएका छन् । जिल्ला र प्रदेशले सिफारिस गरेका आधारमा भन्दा आफु अनुकुल पत्रकार महासंघको सदस्यता थपघट गर्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, जिल्ला पत्रकार महासंघहरुले संयुक्त विज्ञप्ति नै जारी गरेर विरोध जनाएका छन् । जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन नजिकिदै गरेको अवस्थामा जिल्ला र प्रदेशबाट नयाँ सदस्यताका लागि सिफारिस गरेकाहरुलाई भन्दा आफुअनुकुलका व्यक्तिलाई छनोट गरिएको भन्दै विरोध गरिएको हो ।

Ganyapdhura gau

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार महासंघ केन्द्रिय समितिले निर्वाचन समितिलाई बुझाएको मतदाता नामावलीप्रति सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला शाखा र प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारी गरिएको छ । महासंघको सदस्यता शुद्धिकरणमा पूर्ण समर्थन जनाएको जिल्ला शाखा र प्रदेश समितिले सदस्यता नामावलीमा भने असन्तुष्टि जनाएको छ ।

Navadurga sun
Dadhaldhura pur

निर्वाचनको मिति आउन १२ दिन मात्र बाँकी रहँदा जिल्ला र प्रदेश मार्फत पठाइएको सदस्यतालाई लत्याएर निर्वाचनको वातावरण विथोलिएको भन्दै आपत्ति जनाइएको छ । प्रक्रिया र मापदण्ड अनुसार पठाइएको सिफारिस विपरीत सार्वजनिक गरिएको नामावली तत्काल सच्याउन जिल्ला शाखा र प्रदेश समितिले माग समेत गरेका छन् ।

नामावली सच्याउने काम नभए कुनै पनि गतिविधि सञ्चालन गर्न नसकिने विज्ञप्तिमार्फत भनिएको छ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ केन्द्रिय समितिले नै लिनुपर्ने चेतावनी समेत जिल्ला शाखा र प्रदेश समितिले दिएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, कैलाली शाखा अध्यक्ष हिमालय जोशी, बझाङ शाखा अध्यक्ष शैलेन्द्र रोकाया, डोटी शाखा अध्यक्ष मोहन शाही, बाजुरा शाखा अध्यक्ष छक्क मल्ल, अछाम शाखा अध्यक्ष खम्म खत्री, बैतडी शाखा अध्यक्ष खगेन्द्र अवस्थी, कञ्चनपुर शाखा अध्यक्ष माधव धामी, दार्चुला शाखा अध्यक्ष कृष्ण धामी र डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिंहले संयुक्त विज्ञप्ति जारी गरेर नामावली सच्याउन माग गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...